दफा २४
उम्मेदवारको अन्तिम नामावली
(१) दफा ५ को उपदफा (२) बमोजिम उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली
तोकिए बमोजिम तयार गर्नु पर्नेछ र त्यस्तो नामावलीको एक प्रति आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गरी त्यसको एक प्रति आयोगमा पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको नामावलीमा उम्मेदवारको नाम नेपाली वर्णानुक्रम अनुसार लेखिनेछ र कुनै दलबाट मनोनीत उम्मेदवार भएमा निजहरुको मनोनयनपत्रमा लेखिएको ठेगानामा त्यस्तोदलको नाम समेत उल्लेख गरिनेछ ।